अमेरिकी दुतावासले भिष दिन अस्विकार गरेपछि क्षतीपूर्ति पाउनबाट बञ्चित

काठमाडौ । म्याग्दी दरभाङ ६ का टिकाबहादुर फगामी मगरलाई अयोग्य ठहर गर्दै अमेरिकी दुतावासले भिष दिन अस्विकार गरेपछि उनी कानून अनुसार पाउने पर्ने क्षतीपूर्ति पाउन बाट बञ्चित भएका छन् ।


सन् २००७ मार्च देखि २०१० अगस्तसम्म अमेरिकी कम्पनी अलमोरेल डेभलोपमेन्टमा यूएस आर्मीकोलागी पिउने पानीको गुणस्तर मापन, प्यालेट कार्पेन्टर र फिटर अपरेटरको काम गरेका मगरको सो क्रममा श्रवणशक्ती र आखाँको शक्ति कमजोर भएपछि क्षतीपूर्तिको माग गरेपनि कम्पनीले क्षतीपूर्ती नदिएर विमा कम्पनीसँग विमा रकम लिन भनेको तर विमा कम्पनीले रकम नदिएकोले बाध्य भई अमेरिकामै कानूनी प्रक्रिया सुरु गर्नु पर्नेमा अमेरिकी दुतावासले अयोग्य ठहर गर्दै भिषा नदिएर आफूलाई विल्लीबाठ बनाएको आरोप लगाएका छन् ।


मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर पिडीत मगरले चर्को आवाज, बढी भोल्टको विजुलीमा काम गर्नु परेको र अनवाश्यक रुपमा ओभरटाईम गर्नु परेकोले आफ्नो श्रवणशक्त गुमेको , आखाँ कमजोर बनेर शारिरिक र मानसिक रुपमा असर परेकोले क्षतीपूर्तिकोलागी माग गरेको बताए ।


उनले आफूले पाउने क्षतीपूर्तिकोलागी उचित प्रवन्ध मिलाउन सहयोगकालागी सम्बन्धीत सबै पक्षसँग अपिल गरे । उनलाई क्षतीपूर्तिकोलागी क्षेत्री एसोसिएसनले अमेरिकाको लेबरबोर्टमा प्रक्रिया सुरु गर्ने भए पनि आफू बयान र चेककोलागी जान नपाउँदा प्रक्रिया सुरु हुन नसकेको बताए ।


त्यस्तै मगरले आफूहरुलाई ईराक पुर्याउने ऐजण्ट प्रविन कुमार दासले समेत बेवास्ता गरेको भन्दै कारवाहीको माग समेत गरेका छन् ।