पश्चिमी वायुको प्रभाव : देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, लुम्बिनीमा तापक्रम बढ्ने

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

Nepal life insurance

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यस्तै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रसहित अन्य पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

#आजकोमौसम #मौसमपूर्वानुमान #वर्षा #मेघगर्जन #लुम्बिनी #नेपालमौसम #WeatherUpdate #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages