– धन बहादुर क्षेत्री
— स्कट ओमान मार्च २ २०१२ का दिन ओमान नेपाली एकता समाज केन्द्रिय समिती अन्र्तगत घाला एरिया का मजदुरहरुको भेला गरी ओमान नेपाली एकता समाज घाला एरिया समिती ९ बि० को गठन गरिएको छ ।
घाला एरियाका नेपाली मजदुरहरु को चाहाना तथा केन्द्रिय सदस्य माधब कार्किको विशेष पहल मा उक्त्त भेलाको आयोजना गरियको थियो । मान बहादुर नेपालीको अधक्ष्यता तथा सुभाष चौलागाइ को सन्चालन रहेको भेलाका अथितीहरुमा अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभा कान्त लामिछाने र प्रवासी नेपाली सघँ भारत महाराष्ट्र गुजराट सँयूक्त राज्य समितीका सचिब गगन कार्कि रहनु भएको थियो ।साथै ओमान नेपाली एकता समाजका केन्द्रिय सदस्य छवि किरण बस्नेत घाला एरिया ए का सदस्य राम कुमार चौधरीको उपस्थिती रहेको थियो ।समितीको नामावलि यस प्रकार रहेको छ ।
अधक्ष्यमा मान बहादुर नेपाली उपाधक्ष्यमा सुभाष चौलागाई सचिब राज बहादुर बि क कोषाधक्ष्यमा राजेस दुलाल सदस्यहरुमा हरि आले मगर तेज बहादुर सुनार कमान सिङ्ग कामी रन्जित चौधरी गोविन्द सुनार बिर मान मुग्रति लोक बहादुर सार्कि लोकेन्द्र सुनुवार बैकल्पिक सदस्य रमेश सुनुवार सल्लाहकारमा प्रेम सिङ्ग सुनुवार लगाएत रहनु भएका छन । साथै नवगठित समितीलाई ओमान नेपाली एकता समाजका पद्वाधिकारीले शुभकामना दिनु भएको छ ।