

सुजन न्याैपाने ।
काठमाडौं — नेपाल फोटोग्राफर महासंघले आफ्नो वार्षिक भित्तेपात्रो (क्यालेन्डर) विमोचन, वितरण तथा चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। महासंघको केन्द्रीय कार्यालय काठमाडौंले प्रेस विज्ञप्तिमार्फत उक्त कार्यक्रमबारे औपचारिक जानकारी दिएको हो।


महासंघका अनुसार देशभर महासंघमा आबद्ध विभिन्न जिल्ला संघहरूमा गौरवपूर्ण रूपमा भित्तेपात्रो विमोचन तथा वितरण कार्यक्रम सञ्चालन भइरहेका बेला काठमाडौं जिल्लामा पनि विशेष औपचारिक कार्यक्रम आयोजना गर्न लागिएको हो।

सार्वजनिक गरिएको कार्यक्रम तालिकाअनुसार वार्षिक भित्तेपात्रो विमोचन, वितरण, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम २०८३ साल जेठ ०९ गते शनिबार बिहान ठीक ८:०० बजे नेवा सांस्कृतिक भवन, धर्मपथ, न्युरोड (काठमाडौं महानगरपालिका वडा नं. २२/२३) मा सम्पन्न हुनेछ।
महासंघका महासचिव विक्रम न्यौपानेद्वारा जारी विज्ञप्तिमा महासंघमा आबद्ध सम्पूर्ण जिल्ला संघका पदाधिकारी, केन्द्रीय सदस्य, फोटोग्राफर तथा सरोकारवाला व्यक्तित्वहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोध गरिएको छ।

त्यस्तै, सम्बन्धित जिल्लाका केन्द्रीय सदस्यहरूलाई उक्त सूचना आफ्ना सदस्य तथा सम्बन्धित सरोकारवालासम्म समयमै पुर्याउन अनुरोध गरिएको महासंघले जनाएको छ। कार्यक्रमलाई सभ्य, मर्यादित, समयनिष्ठ र सुरक्षित रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपालभरका फोटोग्राफर समुदायबीच आपसी सहकार्य, एकता र व्यावसायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ।

#नेपालफोटोग्राफरमहासंघ #क्यालेन्डरविमोचन #काठमाडौंकार्यक्रम #फोटोग्राफरसमुदाय #शुभकामनाकार्यक्रम #नेपालसमाचार #ताजा_अपडेट #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



