आजको मौसम: देशका विभिन्न प्रदेशमा वर्षा र चट्याङको सम्भावना, लुम्बिनीमा तातो दिन रहने

 

काठमाडौं — जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको जनाइएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा मधेशसहित लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहरको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशमा तातो दिन रहने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ।

#मौसम #आजकोमौसम #मौसमपूर्वानुमान #वर्षा #चट्याङ #तातोलहर #लुम्बिनी #नेपालसमाचार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages