क्यानको नयाँ केन्द्रीय सम्झौतामा ३८ क्रिकेट खेलाडी, कसले कति पाउँछन पारिश्रमिक ?

 

काठमाडाैं, ११ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्बजनिक गरको छ । क्यानले राष्ट्रिय टिमबाट र ए टिमबाट खेल्दै आएका युवा पुरुषतर्फ ३८ खेलाडीलाई नयाँ केन्द्रिय सम्झौतामा आवद्ध गरेको हो ।

क्यानले पुरुषतर्फ ए प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी तथा स्पीनर सन्दीप लामिछानेलाई समावेश गरेको छ । क्यानले उनीहरुको पारिश्रमिकसमेत वृद्धि गरेको छ। उनीहरुले अब मासिक एक लाख २० हजार पाउने छन् ।

ए श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन् । उनीहरुले मासिक एक लाख पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

त्यस्तै। बी श्रेणीमा ललित राजबंशी, आरिफ सेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन् । उनीहरुले मासिक ७५ हजार पारिश्रमिक पाउने छन् ।

त्यस्तै सी श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शहाब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल शाह रहेका छन् । उनीहरुले मासिक ५५ हजार पारिश्रमिक पाउने छन् ।

त्यस्तै डी श्रेणी (डेभलपमेन्ट) मा तृतराज दास, रशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सराफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्तिम अर्जुन साउद, प्रतिष जिसी र सगर ढकाल रहेका छन् । उनीहरुले मासिक ३५ हजार पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

क्यानका अनुसार महिला तथा पुरुष खेलाडीलाई म्याच फि को रुपमा हरेक टी-२० खेल बापत १० हजार र एकदिवसीय खेल बापत १५ हजार अलग्गै पाउने जानकारी दिएको छ ।

 

 

Nepal life insuranceimagesimagesimages