रुपन्देहीको बुटवलस्थित लुम्बिनी नर्सिङ होममा हर्नियाको अप्रेशन गर्नेक्रममा बिरामीको मृत्यु भएपछि आज अस्पताल लाईन क्षेत्र तनावग्रस्त बन्यो ।
हर्नियाको उपचार गर्न लुम्बिनी नर्सिङ होममा भर्ना भएका रुपन्देही देवदहका ३५ वर्षिय प्रेमबहादुर कामुको हिजो बेहोस बनाउने सुई लगाएर अप्रेशन गरेकामा होसमा नआई निजको मृत्यु भएको थियो । अस्पतालका चिकित्सकले लापरबाही गर्दा कामुको मृत्यु भएको दावी गर्दै आफन्तहरुले अस्पताल लाईनमा प्रर्दशन गरेका हुन् ।
मृतकका आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गर्दै आज बिहानैदेखि नर्सिङहोम परिसरमा प्रदर्शन गरेका थिए । तनाव साम्य पार्न प्रहरीले आधा दर्जन अश्रुग्यास समेत प्रहार गरेको थियो ।