
काठमाडौं, २५ जेठ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको छ ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले दुवैजनाको ३–३ दिन अनुसन्धानका लागि म्याद थप भएको जानकारी दिए ।

अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासबाट थुना म्यादको आदेश भएको हो । सोमबार थपिएको म्याद भट्टको हकमा नवौँ पटक र अग्रवालको हकमा आठौँ पटक हो ।
यसअघि सात दिन थुनामा राख्न अनुमति प्रदान भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र प्रतिवादीका कानुनव्यवसायीको बहसपछि थुना म्यादको आदेश भएको हो ।





