उदयपुरको बोक्से कारागार एक जना कैदीद्धारा घाँटीरेटी आत्महत्या

गाईघाट  – जिल्ला कारागार उदयपुर बोक्सेमा एक जना कैदीले आज बिहान घाँटीरेटी आत्महत्या गरेका छन्। उदयपुर जिल्ला भलायडाँडा गाविस-३ बस्ने वर्ष ४२ का श्याम परियारले जिल्ला कारागारभित्र आत्महत्या गरेको जिल्ला कारागार शाखा उदयपुरका प्रमुख मुकुन्द ढकालले बताए।

गत माघ महिनाको १७ गते वनसम्बन्धी मुद्दामा चारमहिनाको लागि जेल परेर जिल्ला कारागारमा बन्दीको रूपमा रहँदै आएका परियारले बिहान खाना खाइसके पछि भान्साकोठामा गएर चक्कुले आफ्नै घाँटी रेटेका थिए।

जेलर तथा प्रशासनले घटनाबारे थाहा पाउने बित्तिकै परियारलाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल लगिएको भएतापनि अस्पतालमा उपचारको क्रममा परियारको मृत्यु भएको ढकालको भनाइ रहेको छ।


मृतक परियार आगामी जेठ १७ गते जेलको समय सकेर रिहा हुनेवाला थिए। रासस

अन्य समाचारहरु