५१ दिन मनाउन सफल चर्चित नेपाली चलचित्र लुट नेदरल्याण्डसको आम्स्टडाममा प्रदर्शन हुने

आम्स्टडाम – नेपालको विभिन्न शहरहरुमा ५१ दिन मनाउन सफल, चर्चित नेपाली चलचित्र लुट नेदरल्याण्डस को राजधानी आम्स्टडाममा प्रदर्शन हुने भएको छ।

 

नेपाली कला संस्कृतिलाई बिदेशमा बस्ने नेपालीहरु माझ पस्कने जमर्को गरेको नेप्लिज युथ नेदरल्याण्डसले बितेका बर्षहरुमा डान्स पार्टी लगायतका विभिन्न कार्यक्रमगरी नेपालका अनाथालय तथा बृद्ध आश्रमलाइ सहयोग गरे जस्तै यस बर्ष तेस्तै लक्ष्य लिएको छ।

 

युरोप लगायत विदेशको विभिन्न शहरहरुमा प्रदर्शन भैरहेको तथा हुँदै गरेको यो चलचित्र युरोपमा रहनु भएका नेपालीहरुले मन पराइरहनु भएको छ।

 

नेपाली ब्यबसायिक सिनेमाको इतिहाँसमा सफल यो चलचित्र आफुँ बसिरहेको देश र शहरमा हेरी भरपुर मनोरंजन लिने मौका नगुमाउनुहुन सम्पूर्ण नेदरल्याण्डस बासी नेपालीहरुमा नेप्लिज युथ नेदरल्याण्डस ले आग्रह गरेको छ।


स्थान:- Uilenstede 106,1183 AM, Amsterdam, The Netherlands (From Amsterdam Central ट्राम नं. 5, मेट्रो नं. 51, halte Uilenstede)

मिति, समय:- सनिबार ७ अप्रिल २०१२, हलको ढोका खुल्ने समय बिहान ११:०० बजे, फ्लिम सुरुहुने समय दिउसो १२:०० बजे।

टिकट दर:- १५/- युरो,

टिकट पाइने स्थान: Himalaya Supermarkt : Admiraal de Rijterweg 42, 1056GK Amsterdam,

Mount Everest Shop : Kinkerstraat 67, 1053DG, Amsterdam.

सम्पर्क :- बिष्णु बाँस्तोला: 0645866402 Amsterdam, रुदीप खनाल: 0624140950 Amsterdam, हिमाल गुरुङ: 0684035051 Amsterdam, उत्तम कंडेल: 0684016705 Den Hague.