रुकुम – एसएलसी परीक्षामा सहभागी एक परीक्षार्थीको उपचारका क्रममा मृत्यु भएको छ। अनिवार्य गणित विषयको परीक्षा भइरहेको बेला परीक्षाबाट निष्कासन भएकी पुन त्यसलगत्तै अचेत भएकी थिइन्। झुल्खेतको परीक्षा केन्द्रबाट परीक्षामा सहभागी चुनवाङ-७ रोकाडाँडाकी १७ वर्षीया अर्दना पुनको मृत्यु भएको हो।
भर्ना गरेको केही समयमै पुनको अवस्थामा सुधार आएको भए पनि उनी पुनः अचेत भएको उपचारमा संलग्न जनस्वास्थ्य निरीक्षक शिवनारायण रजकले जानकारी दिए।
पुनको तनावकै कारण मृत्यु भएको अस्पताल स्रोतले बताएको छ। मृतक पुन नेपाल राष्ट्रिय उमावि चुनवाङकी विद्यार्थी हुन्। रासस



