-गीतामणी पाण्डे
२०६८ चैत्र १४ दुबई यूएई । भुतपूर्ब उप प्रधान मन्त्रि परराष्ट्र तथा गृह मन्त्रि के पी शर्मा ओली यूएई आउनु हुने भएको छ । प्रवासी नेपाली संघ यूएईको निमन्त्रणामा नेता ओली यूएई आउन लाग्नु भएको हो ।
नेपाली नयां बर्ष २०६९ बैशाख १ को दिन पारी १३ अपि्रल २०१२ शुक्रबारका दिन प्रवासी नेपाली संघ यूएईले यहां कार्यरत बिभिन्न नेपाली स्ांघ संस्था नेपाली समुदाय तथा यहां कार्यरत नेपालीहरुको बीचमा नव वर्षको बृहत शुभकामना आदान प्रदान सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गर्न गई रहेको र उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेता ओली उपस्थित हुने कुराको जानकारी गराउदै प्रचार प्रशार बिभाग प्रमुख श्याम पाठकले कार्यक्रमको तयारी जोडतोडका साथ अघि बढिरहेको बताएका छन् । आबुधाबीको केरला सोसियल सेन्टरमा सांझ ४ ः ३० बाट शुरु हुने उक्त कार्यक्रममा यूएईमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहीनिहरुलाई उपस्थितिको लागी संघले आग्रह गरेको छ ।
उक्त दिनको संस्कृतिक कार्यक्रमको जिम्मेवारी सम्हालेका संघका केन्द्रिय सदस्य राजु गुरुंगले नेपाली भेष भुषा कला र संस्कृती झल्कने बिबिध मनोराजनात्मक सांस्कृतीक कोशेलीहरु पस्कने कुरा बताए । कार्यक्रममा निःशुल्क प्रबेशको ब्यबस्था मिलाईएको जानकारी संघले दिएको छ ।
कार्यक्रम जानकारी:
मिति :१३ अपि्रल २०१२ शुक्रबार
स्थान :केरला सोसियल सेन्टर आबुधाबी यूएई
समय : ४ : ३० बजे बाट ।