प्रहरीले अजय बिसीको नाममा परीक्षा दिईरहेका नबिन बिसी, दिनेश बिक्रम शाहीको नाममा परीक्षा दिने सुरज बिक्रम शाही, जयबहादुर सुनारको नाममा परीक्षा दिने लोकेन्द्र केसी र हलिम साहको नाममा परीक्षा दिने हर्कबहादुर थापालाई पक्राउ गरेको प्रहरी उपरीक्षक बिक्रमसिह थापाले बताए ।
सबै भन्दा बढी अमर्यादित ढंगले परीक्षा भईरहेको उक्त केन्द्रमा दुई दिनमा ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन । प्रहरीले मंगलबार पनि उक्त केन्द्रमा कन्चन पौडेलको नाममा परीक्षा दिने युवराज धिताललाई पक्राउ गरेको थियो ।



