
काठमाडौ, ४ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समुह चरणको पहिलो खेलमा पोर्चुगलले कंगोसँग बराबरी खेलेको छ।
सम्पन्न खेलमा पोर्चुगल डीआर कंगोसँग १–१ को बराबरीमा रोकिन पुगेको हो । मेस्सी, एम्बापे, हल्यान्डलगायतले गोल हान्दा पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डोले भने पहिलो खेलमा कुनै गोल हान्न सकेनन, यद्दपी उनले दुई पटक प्रयास गरेका थिए ।


राती सम्पन्न खेलको सुरुवातमै पोर्चुगलले अग्रता लिएर बलियो उपस्थिति देखाएको थियो, पोर्चुगलका लागि एकमात्र गोल ७ औं मिनेटमा जोआओ नेभेसले गरेका थिए ।


तर, पहिलो हाफको इन्जुरी समयमा योयाने वीसाले गोल गर्दै कंगोलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि दोस्रो हाफमा दुवै टीमले कुनै गोल गर्न नसक्दा १–१ अंक बाँड्न बाध्य भए।






