मगरसंघ यु.ए.ईद्धारा बनभोज कार्यक्रमको आयोजना

आबुधावी, युएई । मगर संघ यु.ए.ई. द्धारा आगामी २० अप्रिलका दिन दुबईको जाबिल पार्कमा बनभोज कार्यक्रमको आयोजना गरिएको छ । 



नेपाली नयाँ बर्ष २०६९ सालको आगमनमा यु.ए.ई.मा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरु माझ सामुहिक रुपमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको कुरा बनभोज कार्यक्रमका संयोजक श्री चन्द्र सारु मगरले बताउनु भयो । उक्त अवसरमा स्थानिय कलाकारहरुबाट बिभिन्न किसिमका मनोरञ्जनका कार्यक्रमहरु पनि प्रस्तुत गरिने छ । बनभोज कार्यक्रममा उपस्थित हुनको लागि मगरसंघ यु.ए.ई. यहाँहरु सबैमा हार्दिक निमन्त्रणा गर्दछ ।



सम्पर्कको लागि

 

चन्द्र सारु  ०५५ ६७३२०९८, जंग थापा  ०५० ४२१११३०, खुम आले ०५५ १९४६३१३, उपेन्द्र राना ०५५ ३९१४५८९, ललित राना ०५५ ३७१७५४७, भरत राना ०५५ ७५४७६४२, जे. बि. राना ०५५ ४२२८४०७, रमेश पुन   ०५५ ९१४८३५३, सुभाष सारु  ०५५ ८३०८१४७,तुल पुन ०५५ ७०१५३६६