नेपालगन्जमा ट्रकको ठक्करले आमाछोरीको मृत्यु

– राजेन्द्र नाथ

 

नेपालगन्ज – ट्रकको ठक्करले बिहीवार राति आमाछोरीको मृत्यु भएको छ । आमाको घटनास्थलमा र ४ वर्षीया छोरीको उपचारका क्रममा राति पौने १२ बजेतिर मृत्यु भएको हो ।

नेपालगन्जको प्रहरी तालिम केन्द्र नजिक साढे ६ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकले किच्दा कारकादो ९ वस्ने २० वर्षीया माधुरी मिश्राको घटनास्थलमै मृत्यु भएको थियो । उनकी ४ वर्षीया छोरी मधुको नेपालगंज नर्सिङ्गहोममा उपचारका क्रममा राति पौने १२ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उदय तामाङले बताए । पैदल हिडिरहेका आमा छोरीलाई ना.२ ख. ९२७४ नं. को ट्रकले ठक्कर दिएको थियो ।

प्रहरीले ट्रक चालक सल्यान धनवाङ्ग किमुचौर १ का २४ वर्षीय बाबुराम बुढालाई पक्राउ गरेको छ । नेपालगंज देखि कोहलपुर तर्फ जादै गरेका बेला ट्रकले बटुवालाई ठक्कर दिएको थियो । घटनाको बिरोधमा राती स्थानीयले केहि समय नेपालगन्ज-कोहलपुर सडक खण्ड अबरुद्ध पारेका थिए र राती नै सडक खुलाईएको पनि प्रहरीले जनायो ।

त्यस्तै बिहीवार साझ नै नेपालगंजबाट बर्दियाको गुलरियातर्फ गईरहेको भे.१ख ७६४ नं.को माईक्रोबसले बााके उढरापुर प्रतिक्षालय नजिक भे.१ प ८०२५ नं. को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सोनपुर ७ का २३ बषिर्य सरिद खान घाईते भएका छन् । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि नर्सिङ्गहोम नेपालगंजमा पठाईएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु