– उत्तम अधिकारी
यूएई । नेकपा एमालेका प्रभावशाली नेता तथा भुतपूर्ब उप प्रधान परराष्ट्र तथा गृह मन्त्री के पी शर्मा ओली यूएई आईपुग्नु भएको छ । दुबइ एयरपोर्टमा आज १२ अपि्रल २०१२ बिहिबारका दिन रातको १० बजे उत्रिनु भ्एका नेता ओलीलाई स्वागत गर्न एमालेका बिदेश बिभाग सचीब केशब पाण्डे एमाले मध्यपुर्ब संयोजक श्रीप्रसाद शाह नेकपा एमाले प्रवास कमिटि यूएईका अध्यक्ष यमलाल शर्मा पंगेनी उपाध्यक्ष भुबन िसं राई महासचीब डेरराज गुरुंग संघका संवाद सचीब श्यामराज पाठक प्रवासी नेपाली यूवा संघ यूएईका अध्यक्ष महेश गिरी लगायत संघमा आबद्द बिभिन्न सदस्यहरु दुबई एयरपोर्ट पुग्नु भएको थियो । नेता श्रीप्रसाद शाह एक हप्ता पहिला र एमाले बिदेश बिभागका सचीब नेता केशब पाण्डे २ दिन पहिला प्रवासी नेपाली संघ यूएईको दोश्रो अबिधेसनको लागी यूएई आइपुग्नु भएको हो ।
भोली शुक्रबार साँझको ४ः३० बजे बाट आबुधाबी स्थित केरला सोसियल सेन्टरमा प्रवासी नेपाली संघ यूएईद्दारा आयोजित नया बर्ष २०६९ को शुभकामना आदान प्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रममा नेता ओली तथा एमाले मध्यपुर्ब संयोजक तथा बिदेश बिभाग सचीब नेपाली राजदुतावास तथा यूएईमा कार्यरत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु बिश्व साइकल यात्री शौरभ दाहाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कुरा अधिबेसन प्रचार प्रसार बिभाग प्रमुख श्यामराज पाठकले जानकारी गराउनु भएको छ । उक्त कार्यक्रममा यूएई प्रवासमा रहनु हुने सम्पुर्ण आम नेपाली जन समुदायहरुलाई भाग लिनका लागी अनुरोध गर्दै अधिबेसन प्रचार प्रसार बिभाग सदस्य उत्तम अधिकारीले संघद्दारा कार्यक्रममा निशुल्क प्रबेशको ब्यबस्था मिलाइएको जानकारी दिएका छन । १३ अपि्रल २०१२ शुक्रबारका दिन केरला सोसियल सेन्टरमा आबुधाबी साँझको ४ ः ३० बजे बाट हुने छ।