काठमाडौंको विष्णुमती खोलामा डुबेर बेपत्ता भएका ८ वर्षीय एक बालकको फेला

काठमाडौं – नयाँ बजारस्थित विष्णुमती खोलामा डुबेर बेपत्ता भएका एक बालकको शव शनिबार दिउसो नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले फेला पारेको छ। करिब ८ वर्षीय जुनाइट अन्सारी नाम गरेका ती बालक शुक्रबार दिउसो करिब पौने २ बजे सो खोलामा डुबेर बेपत्ता भएका थिए।

 

बालक डुबेर हराएको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल बङ्गलामुखी विशेष कार्यदल गणबाट उनको खोजतलासमा खटिएको सशस्त्र प्रहरीले जनाएको थियो।

बेपत्ता बालकको खोजी गर्ने क्रममा एपीएफ टोली शनिबार पनि अन्य निकाय तथा स्थानीय बासिन्दासँगै परिचालित थियो।

बालकको खोजी गर्ने क्रममै सो खोलाभित्र तारमा अड्किएको अवस्थामा सशस्त्र प्रहरी सहायक निरीक्षक ध्रुव रावल र एक सैनिकले बालकको लास फेला पारेका हुन। बालक खोजतलासका लागि सशस्त्र प्रहरी निरीक्षक टीकाराम रावलको कमाण्डमा एपीएफ टोली खटिएको जानकारी पनि उसले दिएको छ।
 – नागरिक

अन्य समाचारहरु