
काठमाडौं, १८ असार । आफ्नो २-० को अग्रता सम्हाल्न नसक्दा कंगो झै सेनेगलको पनि फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुग्ने सपना चकनाचुर भएको छ ।
अन्तिम समयसम्म् दबाबमा परेर पुनः खेलमा फर्किएको बेल्जियमले नाटकीय रूपमा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।


सेनेगलसँग २ गोलले पछि परेको अवस्था उल्टाउँदै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।

सिएटल स्टेडियममा सेनेगलले पहिलो हाफको २५औं मिनेटमा हाबिब डिआरा र दोस्रो हाफ सुरू हुने बितिक्कै ५१औं मिनेटमा इस्माइला सारको गोलमा २–० को बलियो अग्रता बनाएको थियो।
अन्तिम समयसम्म बेल्जियम विश्वकपबाट बाहिरिने अवस्थामा पुगेको अनुमान गरिरहेको बेला खेलको अन्तिम ४ मिनेटमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्यो। ८६औं मिनेटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले थोमस म्युनियरको क्रसमा गोल गर्दै टोलीलाई २–१ मा फर्काए।

त्यसको ३ मिनेट भित्रै युरी टिलेमान्सले हेडमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए। निर्धारित समय २–२ को बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा लगियो । अतिरिक्त समयको इन्जुरी समयमा बेल्जियमले पेनाल्टी पायो, भिएआर समीक्षा पछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी दिएका थिए। जुन टिलेमान्सले हानेको पेनाल्टी किकमा नै बेल्जियम अन्तिम १६ मा सुरक्षित हुन सफल भयो ।
बेल्जियमले अब उसले अमेरिकन टोलीसँग खेल्नेछ।





