सगरमाथा आरोहण गएका माओवादी पुष्पकमल दाहालका पुत्र प्रकाशको आधार शिविर नपुग्दै हिँउले नाक खायो






हिउँले खाएको नाक। तस्बिर सौजन्यः सोलिडारिटी खबर


 


 

 

काठमाडौँ, वैशाख १० – सगरमाथा आरोहणका लागि काठमाडौँबाट केही साताअघि प्रस्थान गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको नाक आधार शिविर नपुग्दै हिँउले बिगारिदिएको छ।


६ हजार २ सय मिटरको हिमाल चढ्ने क्रममा हिउँले आफ्नो नाकलाई बिगारिदिएको जानकारी प्रकाशलाई उद्‍धृत गर्दै सोलिडारिटीखबरले जनाएको छ।

चैत २२ गते सोलुखुम्बुबाट लुक्लातर्फ गएको उनीसहितको टोली अहिले आधार शिविर पुगिसकेको छ।

‘शान्ति र संविधानको लागि’ भन्दै २ करोड रुपियाँ सरकारी सहयोगमा सगरमाथा आरोहण गर्न लागेको खबर सार्वजनिक भएपछि विवादमा परेको भ्रमण टोलीले पछि चन्दा उठाएर यात्रा सुचारु गरेको थियो। टोलीका लागि सरकारले रोयल्टीमात्र छुट दिएको थियो।


माओवादी नेता कृष्ण केसी, युवराज दुलाल, सरल सहयात्री, शिवकुमार डाँगी, विना मगर, मदन चुडाल, महेश्वर फुयाँल, इशु भट्ट र शिव सापकोटा आरोहण दलमा सहभागी छन्।


टोलीले सगरमाथा चुचुरोमा कम्युनिस्ट पार्टी र राष्ट्रिय झण्डा गाड्ने लक्ष्य राखेको छ।


– नागरिक

अन्य समाचारहरु