अरनिको राजमार्गमा कन्टेनर भ्यान दुर्घटना हुँदा चालकसहित दुई युवतीको मृत्यु

ध्रुव दङ्गाल

 

सिन्धुपाल्चोक, वैशाख १३- अरनिको राजमार्गको सुकुटेमा आज अपराह्न कन्टेनर भ्यान दुर्घटना हुँदा चालकसहित दुई युवतीको मृत्यु भएको छ। बाह्रबिसेबाट प्लाइउड बोकेर काठमाडौँतर्फ आइरहेको ना ३ प ५४८ नम्बरको भ्यान तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालाजी रायमाझीले नागरिकन्युजलाई बताए।

 

दुर्घटनामा मृत्यु हुनेमा लिस्टी १ की १९ वर्षीय चालक अमरबहादुर थापा र पाङ्ग्रेटार ६ की ३० वर्षीया अञ्जु श्रेष्ठ र २२ वर्षीया मनिका श्रेष्ठ छिन्। भ्यानका सहचालक रामबहादुर तामाङ घाइते छन्। उनको खाडीचौरस्थित अस्पतालमा उपचार भइरहेको छ।

अन्य समाचारहरु