प्रभास र सन्दिप रेड्डीको ‘स्पिरिट’ एक होइन, हुनेछन् दुई भिलेन

हैदारावाद, २९ असार । प्रभास अभिनित चलचित्र ‘स्पिरिट’ को छायाङ्कनको नयाँ तालिका सुरु भएको छ।

१२३ तेलुगु वेभसाईटका अनुसार हाल हैदराबादको कुकटपल्ली क्षेत्रमा सो फिल्मको छायाङ्कन भइरहेको छ। यस स्थानमा दिन र रात दुवै समयका दृश्यहरू छायाङ्कन गर्ने योजना छ, त्यसैले, यहाँ आज राति ११ बजेसम्म छायाङ्कन जारी रहेको छ । कुकटपल्ली हाउजिङ बोर्ड कोलोनी एसिया कै सबैभन्दा ठूला आवासीय कोलोनीहरू मध्ये एक हो।

प्राप्त जानकारी अनुसार सन्दीप रेड्डी वांगाले भीडको बीचमा एउटा तीव्र द्वन्द्व दृश्यको छायांकन गरिरहेका छन्। यस दृश्यमा प्रभास प्रहरीको पोसाकमा सडकमा गुण्डाहरूसँग भिडिरहेको देखिने छन्। चलचित्रमा एक होइन, दुई खलनायक रहने बताइएको छ। विवेक ओबेरोयले एउटा नकारात्मक भूमिका निर्वाह गर्दैछन् भने ‘टाइम्स अफ इन्डिया’ का अनुसार हर्षवर्द्धन राणेलाई पनि ‘स्पिरिट’ मा खलनायकको रूपमा चयन गरिएको छ।

यस चलचित्रमा प्रभास र हर्षवर्धनबीच केही उच्च ऊर्जावान लडाइँका दृश्यहरू समावेश गर्ने योजना बनाइएको छ। यद्यपि निर्माताहरूले अहिलेसम्म कुनै आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् तर सुटिङको गतिलाई हेर्दा प्रशंसकहरूले छिट्टै टिजर सार्वजनिक हुने आशा गरिरहेका छन्। यो चलचित्र सन् २०२७ को मार्च ५ मा प्रदर्शन हुने तालिका छ।

एनीमलकाे अपार सफलता पछि सन्दिप रेड्डीले प्रभाससँग मिलेर नयाँ फिल्म बनाएका हुन् । एनिमलः२ मा जानु अघि उनी स्परिटकाे काम सकाउने र एनिमलः२ बनाउन लागिरहेका हुन । रणवीर कपुर पनि ‘रामायण’ र सञ्जयलिला भन्सालीकाे ‘लभ एन्ड वार’मा ब्यस्त भए पछि उनी ‘स्परिट’मा ब्यस्त भएका हुन् । नायिकामा तृप्ती डिमरीकाे पनि अभिनय देख्न पाइनेछ ।