नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत  नामिबियाले नेपाललाई २१२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाउदै २११ रन बनाएको हो ।

नामिबियाका लागि जान फ्राइलिंकले शतकीय पारी खेलेका थिए । उनले १४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी लोउरेन स्टीनकाम्पले ५९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले ५ विकेट लिएका थिए । योसँगै करणले एकदिवसीय क्रिकेटमा आफ्नो १०० विकेट पुरा गरेका छन् । करणले ७२ खेलमा कुल १०३ विकेट लिएका छन् । उनी नेपालमा सय विकेट लिए सन्दीप लामिछानेपछि दोस्रो खेलाडी हुन् । सन्दीपले १५४ विकेट लिएका छन् ।