यूएईमा अर्का नेपालीलाई पनि मृत्युदण्ड दिईने

– उमाकान्त पाण्डे “गाउंले”

यूएईको सारजाहास्थित जेलमा तीन वर्षअघि देखि दुर्गाबहादुर सुनुवारले मृत्युदण्डको सजाय भोगिरहेको थाहा भएको छ । दूतावासका अनुसार हाँसपोसा-२, सुनसरीका गणेशबहादुर बस्नेतलाई हत्या गरेको भन्दै सुनुवारले मृत्युदण्डको सजाय पाएका हुन् । सुनुवारले गणेशलाई १४ जनवरी २००९ मा हत्या गरेका थिए ।

दूतावासले बस्नेतका नजिकका नातेदारले सुनुवारलाई माफी दिने वा नदिने विषयमा सोधिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । पीडित परिवारको इच्छा अनुसार यूएई सरकारले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गर्ने दूतावासले जनाएको छ ।

‘मृत्युदण्डको सजाय दिने, दिया रकम (ब्लडमनी) लिई माफी दिने वा मृत्युदण्ड पनि नदिने र दिएको रकम नलिई माफी गदिने,’ दूतावासले भनेको छ, ‘यी तीनमध्ये पीडित परिवारले कुन विकल्प रोज्छ ?’ सुनुवारले आफू निकै विपन्न परिवार रहेकाले दिया रकम दिन नसक्ने बताएको दूतावासले जनाएको छ ।

यस् अघी दार्चुला धारी गाविसका अंमर बहादुर बमलाई पनि एक भारतीय नागरिकको हत्या गरेको आरोपमा सन २००३ मा मृत्‍युदन्डको सजाय सुनाएको थियो । उनी अहिले दुबइको अल अविर स्थित सेन्टर जेलमा जेलजीवन बिताउदै छन ।