
दाङको तुलसीपुरस्थित जंगलमा बसोबास गर्दै आएका लोपोन्मुख जाती राउटेले आफुहरुलाई पनि छुट्टै जंगल राज्यको माग गर्दै आज दाङ जिल्ला प्रशासनमा धर्ना दिएका छन् ।
आफुहरुले ७५ वटै जिल्लाका जंगलमा निर्धक्कसंग बस्न पाउनु पर्ने माग उनीहरुले गरेका छन् ।
राज्य जसरी बनाए पनि राउटेहरुका लागि जंगलमा एकलौटी राज हुनुपर्ने उनीहरुको माग रहेको छ ।
उनीहरुले आफुहरुका मागसहितको ज्ञापनपत्र ईलाका प्रशासन कार्यालय मार्फत सभामुखकहाँ पठाएका छन् ।
राउटेहरुको जनसंख्या हाल देशैभर १ सय ३१ जना रहेको छ । जंगलमा घुमन्ते जीवन बिताउने राउटेहरु मध्यपश्चिमका जंगलहरुमा बस्ने गर्दछन् ।