आर्थिक अभावका कारण उपचारमा कठिनाइ: क्यान्सरपीडित समाजसेवी सकुन्तला रानालाई बचाउन सहयोग अभियान तीव्र, हालसम्म रु. ७३ हजार ३०० संकलन (सह्योग गर्नेको नामावली सहित)

क्यान्सरपीडित समाजसेवी सकुन्तला रानालाई बचाउन सहयोग अभियान तीव्र, हालसम्म रु. ७३ हजार ३०० संकलन , आर्थिक अभावका कारण उपचारमा कठिनाइ, देश–विदेशका सहयोगीहरूलाई मानवीय सहयोगका लागि अभियानको अपिल

अर्घाखाँची । अर्घाखाँचीको असुरकोट निवासी समाजसेवी सकुन्तला राना क्यान्सर रोगबाट पीडित भई उपचाररत रहनुभएको छ। आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण उपचार खर्च जुटाउन कठिनाइ भएपछि उहाँको जीवनरक्षाका लागि देश तथा विदेशमा रहेका शुभेच्छुकहरूको सहभागितामा “सकुन्तला बचाऔँ अभियान” सञ्चालन गरिएको छ।

अभियानअन्तर्गत हालसम्म विभिन्न व्यक्तिहरूबाट रु. ७३ हजार ३०० आर्थिक सहयोग संकलन भएको अभियानका प्रतिनिधिहरूले जानकारी दिएका छन्।

सबैभन्दा बढी सहयोग विकास कुमार भट्टराई तथा निर्मला भट्टराई (हाल अष्ट्रिया, भियना ) बाट रु. २० हजार प्राप्त भएको छ। त्यसैगरी भोजराज खत्री तथा ईश्वरा भट्टराई (हाल अस्ट्रेलिया) ले रु. १५ हजार सहयोग गर्नुभएको छ। अन्य सहयोगीहरूले पनि आफ्नो सामर्थ्यअनुसार आर्थिक सहयोग प्रदान गरी मानवीय अभियानमा ऐक्यबद्धता जनाएका छन्।

अभियानमा हालसम्म प्राप्त सहयोग रकम यसप्रकार रहेको छः

  • विकास कुमार भट्टराई तथा निर्मला भट्टराई (हाल अष्ट्रिया, भियना)– रु. २०,०००
  • भोजराज खत्री तथा ईश्वरा भट्टराई (हाल अस्ट्रेलिया) – रु. १५,०००
  • अमृता भट्टराई धनगडी सिद्दी प्रसाद भट्टराई रु.१००००/-
  • शेरबहादुर बिसी – रु. ५,०००
  • रामचन्द्र भट्टराई – रु. ५,०००
  • यमलाल पोख्रेल – रु. ३,०००
  • पशुपति ढकाल – रु. ३,०००
  • गोविन्द बिसी – रु. ३,०००
  • कल्पना पोख्रेल – रु. ३,०००
  • कमल खनाल – रु. २,५००
  • सालिकराम बन्जाडे – रु. २,५००
  • पार्वता थापा – रु. १,५००
  • अरुण भट्टराई – रु. १,५००
  • दिलीप केसी – रु. १,१००
  • उषा बस्नेत – रु. १,०००
  • देवीप्रसाद पौडेल – रु. १,०००
  • गीता केसी – रु. १,०००
  • माया आले आचार्य – रु. ५००
  • हस्तबहादुर पाण्डे – रु. ५००
  • वसन्त खड्का – रु. ५००
  • सन्तोष सुनार – रु. ५००
  • शिवहरी भट्टराई – रु. ५००
  • गोपाल नेपाली – रु. ५००
  • रामचन्द्र केसी – रु. ५००
  • पुनबहादुर नेपाली – रु. २००
  •  मिना भट्टराई रु २०००/-

अभियान समितिले सकुन्तला रानाको उपचारका लागि अझै ठूलो आर्थिक सहयोग आवश्यक रहेको जनाएको छ। सहयोग गर्न इच्छुक महानुभावहरूले अभियानका प्रतिनिधिहरूसँग सम्पर्क गरी सहयोग गर्न सक्नेछन्। सहयोग गर्ने प्रत्येक व्यक्तिलाई आधिकारिक रसिद उपलब्ध गराइने पनि जनाइएको छ।

सम्पर्क व्यक्तिहरू:

  •  थम्मन के.सी – ९८४७१०७३४८
  • पशुपति ढकाल – ९८५७०२८७९५
  • गोविन्द बिसी – ९८५७०६१४३३
  • वसन्त खड्का – ९८४७१०९२६७

अभियान समितिले “सानो–सानो सहयोगले पनि एउटा अमूल्य जीवन बचाउन सकिन्छ” भन्दै सबैलाई सहयोग तथा अभियानलाई बढीभन्दा बढी साझा (Share) गरी साथ दिन आग्रह गरेको छ।

नोट: अभियानमा सहयोग आउने क्रम निरन्तर जारी रहेकाले माथि उल्लेखित कुल संकलित रकम समय–समयमा अद्यावधिक हुँदै जानेछ।

images