केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्वतमा भाइरल ज्वरोका विरामीहरुको चाप ह्वात्तै बढेको छ । प्रदुषित पानी र हावाहुरीका कारण पनि ज्वरोका विरामी संख्यामा बृद्धि भएको हो ।
भाइरल ज्वरोको संक्रमण धेरैजसो बालबालिका र बृद्धबृद्धाहरुमा देखिएको छ । विरामीको चाप बढेपछि जिल्ला अस्पताल पर्वत अहिले विरामीले खचाखच भरिएको छ ।
१५ शैयाको मात्र क्षमता रहेको अस्पतालमा बैकल्पिक बेडको व्यवस्था गरेर बिरामीहरुलाई भर्ना गरिएको छ ।
अस्पतालमा दैनिक १ सय २० भन्दा बढी विरामी आउने गरेकोमा ती मध्ये २० देखि २५ जनामा भाइरलको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।