काफल टिप्न गएकी पश्चिम रुकुमकी महिलाको रुखवाट खसेर मृत्यु

कमल थापा

 

रुकुम – जंगलमा फलेका काफल टिपेर खान हिडेकी महिलाको आइतवार रुखवाट खसेर मृत्यु भएको छ। पश्चिम रुकुमको कोटजहारी गाविस ९ की ४८ वर्षीया काली बोहराको काफलको रुखवाट खसेर मृत्यु भएको हो।


घरबाट साथीहरुसँग छिमेकी गाविस पूर्तिमकाँडा ६ मा रहेको जंगलमा काफल टिप्न गएकी कालीको काफलको हाँगा भाँचिदा लडेकी थिइन्।

 

काफलको रुखबाट खसेर गम्भीर घाइते भएकी बोहरालाई उपचारको लागि चौरजहारी स्थित मिसन अस्पतालमा लिने तयारी गर्दा गर्दै मृत्यु भएको हो। घाइते कालीलाई खटना स्थलवाट साथीहरुको सहयोगमा घर पुर्‍याएको थियो।

अन्य समाचारहरु