यस बर्षको एसएलसीको नतिजा असार पहिलो साता प्रकाशित गर्ने तयारी

भक्तपुर  – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसीको नतिजा असार पहिलो साता प्रकाशित गर्ने तयारी गरेको छ । गतवर्ष असार ६ गते परीक्षाफल प्रकाशित गरेको थियो ।

‘जतिसक्दो चााडो परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेकेा छ,’ उपनियन्त्रक अम्विकाप्रसाद रेग्मीले भने, ‘यही अनुसार काम भयो भने असार पहिलो साता नतिजा सार्वजनिक गर्छौ ।’

चैत ७ गतेदेखि सुरु भएको परीक्षामा पााच लाख १० हजार परीक्षार्थीले सहभागी जनाएका थिए । RSS

अन्य समाचारहरु