हत्या गरेको आरोपमा १५ बर्षदेखि जापानको जेलमा रहेका झापाका गोविन्द मैनाली अन्तत: निर्दोष सावित भएपछि जेलमुक्त

एक जापानी महिलको हत्या गरेको आरोपमा १५ बर्षदेखि जापानको जेलमा रहेका झापाका गोविन्द मैनाली अन्ततः निर्दोष सावित भएपछि जेलमुक्त भएका छन् । सन् १९९७ मा रोजगारीका लागि जापान पुगेको केही महिनामै ३९ बर्षिया जापानी यौनकर्मी महिला यासुको वातानावेको हत्या गरेको अभियोगमा मैनाली पक्राउ परेका थिए । त्यसपछि मैनालीकी पत्नी राधा मैनालीले विभिन्न मानवअधिकारवादी संघसंस्थाको सहयोगमा टोकियो उच्च न्यायालयमा मुद्धा दायर गरेकी थिइन् ।


यसबीचमा भएका विभिन्नखाले अनुसन्धान र परीक्षणहरुबाट मैनाली निर्दोष सावित भएपछि आज विहान टोकियो उच्च न्यायालयले मैनालीलाई जेलमुक्त गर्न आदेश दिएको हो । साथै न्यायालयले मैनालीको मुद्धा पुनरावलोकन गर्न पनि आदेश दिएको छ । आदेश लगत्तै मैनाली रिहा भएका छन् । मैनालीलाई जेलमुक्त गर्न सुनाइएको फैसला विरुद्ध सरकारी वकिलले दर्ता गराएको रीटलाई पनि सर्वोच्च अदालतले खारेज गरिदिएको छ । हत्या गरिएकी महिला वातानावेको शरीरमा फेला परेको वीर्य,