बुटवल जेठ २७ । रोटरी क्लव अफ बुटवल डाउनटाउनले शान्ति नमुना मावि मणिग्राममा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीलाई सफ्टवेयर सहितको कम्प्युटर प्रदान गरेको छ ।
रोटरी क्लवका गर्भनर बासुदेव गोल्यानले शनिबार एक कार्यक्रममबीच सो कम्प्युटर हस्तान्तरण गर्दै सामाजिक क्षेत्रमा योगदान बढाउन रोटरी क्लवलाई आग्रह गर्नुभयो । उहाँले क्लवले दृष्टिबिहीनहरुलाई गरेको सहयोग उदाहरणीय भएको बताउदै आफ्नो सोंच अनुसारको अभियान चलाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
क्लवका अध्यक्ष महेन्द्र ध्वजुको अध्यक्षता सचिव राजेन्द्र ढकालको साचालनमा सम्पन्न सो कार्यक्रममा एजी विन्ध्याकेशर जोशीसंस्थापक अध्यक्ष धु्रव तुलाचनपूर्व अध्यक्ष इन्द्रलाल श्रेष्ठसो विद्यालयका प्रअ घनश्याम ज्ञवालीविद्यार्थी श्रृजना ढकालधर्म ज्ञवालीनरबहादुर श्रीसलगायतले बोल्नुभएको थियो ।
त्यसैगरी क्लवले रुपन्देहीको पर्रोहा ३ बक्सरडाँडामा ६ महिनादेखि साचालन गरेको सिलाइकटाई तालिम पनि शनिबार समापन गसएको छ ।