गडान्सक, जेठ २९ (एजेन्सी)- युरो कप २०१२ अन्तर्गत आइतबार राति भएको समूह सीको पहिलो खेलमा स्पेन र इटाली अङ्क बाँड्न बाध्य भएका छन्। खेलको ६१ औँ मिनेटमा इटालीका डी नाटालीले गोल गरी लिएको अग्रतालाई स्पेनका फाब्रिगासले तीन मिनेट मै अर्को गोल गरी बराबरीमा पुर्याएका थिए।