आज जुन १२ अर्थात बालश्रमविरुद्वको अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आज जुन १२, अर्थात बालश्रमविरुद्वको अन्तरराष्ट्रिय दिवस, नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरेर मनाइदैछ ।

 

महिला तथा बालबालिकाको क्षत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाले बालश्रमविरुद्वको दिवसको अवसर पारेर बिभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।

 

नेपालमा भने १ लाख २७ हजार बालबालिका निकृष्ट प्रकारको बालश्रममा लागेको बिभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनहरुले देखाएका छन् । बढ्दो गरिबी, अशिक्षा र फितलो काननी व्यवस्थाका कारण पनि बालश्रममा कमि आउन नसकेको बताइएको छ । श्रममा आबद्व बालबालिकामध्ये १२ प्रतिशत बालबालिकाले आफ्नो गाउँघर तथा परिवारबाट टाढा भएर काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार श्रममा संलग्न बालबालिकामध्ये ५ देखि ९ वर्ष उमेर समूहका २४ दशम्लव ७ प्रतिशत, १० देखि १४ वर्षका ५१ दशम्लव ३ र १५ देखि १७ वर्ष उमेर समूहका २४ प्रतिशत रहेका छन् ।

अन्य समाचारहरु