आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर: हिजो घटेको अमेरिकी डलर र युरोको विनिमयदर आज कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ।

हिजो अमेरिकी डलर, युरो, कुवेती दिनारसहितका मुद्राको भाउ घट्दा अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती दिनार महँगिएका थिए।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा छ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ र बिक्रीदर ४०५ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ।

images

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

images

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

images