ईटालीको पादोभा सहर स्थित Scuola Danza Vassili भन्ने डान्स स्कूल र Ponte San Nicolo भन्ने कमुनेको संयुक्त आयोजनामा एउटा नृत्य साँझको आयोजना गरिएको थियो । जसमा ३०० भन्दा बढी ईटालीयन र विभिन्न देशका पाहुनाहरुको उपस्थिती रहेको थियो । जसमा ईटालीयन, अरवियन, इन्ग्लिश र नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो। नेपाली फिल्म माइतीघर को माइतीघर भन्ने बोलको गीतमा र्श्रीमती लक्ष्मी श्रेष्ठ भट्टराईले नेपाले संस्कृति झल्कने पोशाकमा नेपाली नृत्य प्रस्तुत गरी उपस्थित सबैलाई नेपाली नृत्य र संस्कृतिको परिचय गराउनु भएको थियो ।
उक्त कार्यक्रममा एन आर एन ईटालीका अध्यक्ष डा अनिल भट्टराई लगाएत अन्य नेपालीहरु एवं नेपालबाट धर्म पुत्रको रुपमा ईटालीमा ल्याइएका नेपाली बच्चाहरुको पनि उपस्थिती थियो ।
उक्त कार्यक्रममा उपस्थित हुनु भएका सबैले नेपाली नृत्य र संस्कृतिको अनुभव लिने अवसर प्रदान गरेकोमा एन. आर. एन. ईटाली लगायत सबै नेपालीलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए।



