– कृष्ण खनाल
बुटवल असार ७ । लागुपदार्थ दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्वको अन्र्तराष्ट्रिय दिवस २०१२ सोसाईटी सपोर्ट गु्रपले विविध कार्यक्रम गरी मनाउने भएको छ । विहिवार एक कार्यक्रममको आयोजना गरी संस्थाका प्रमुख प्रशान्त मल्लले विगतका बर्षहरुमा जस्तै जुन २६ विभिन्न कार्यक्रमका साथ मनाउने जानकारी दिनुभयो ।
उहाका अनुसार लागुपदार्थ प्रयोगकर्ताबाट मुक्त भएका अभिभावकहरु संग अन्र्तकि्रया कार्यक्रम तथा बुटवलका विभिन्न विद्यालयहरुमा लघु डकुमेन्ट्री मुक्ती प्रर्दशनका साथै विद्यार्थीहरु संग अन्र्तकि्रया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
लागुपदार्थ रहित स्वाथ्य समुदायको लागि विश्वव्यापी अभियान भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
सोसाईटि सपोर्ट ग्रुपका परामस्रकर्ता मिन पुनका अनुसार पछिल्लो तथ्याङ्ग अनुसार रुपन्देहीमा २ हजार ५ सय ८८ जना कडा किसीमको लागुऔसद प्रयोगकर्ता र नेपालमा ४६ हजार ३ सय ९ जना रहेका छन ।