– कृष्ण खनाल
वुटवल असार ११ । जनसंघर्ष राष्ट्रिय दैनिक २२ औं वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको अवसरमा एक कार्यक्रमका वीच दीप प्रज्ज्वलन गरी वार्षिकोत्सव शुभारम्भ गरिएको छ ।
त्यस अवसरमा राष्ट्रिय दैनिक जनसंघर्षका प्रधान सम्पादक एवं संचालक बालकृष्ण चापागाईं पूर्व अध्यक्ष थानेश्वर पौडेल संचालकहरु अनुपमान सैंजु रतनलाल अग्रवाल र अमित गुप्तालगायत कर्मचारी तथा पत्रकारहरुद्वारा संयुक्तरुपमा २३ वटा दीप प्रज्ज्वलन गरी वार्षिकोत्सवको शुभारम्भ गरिएको थियो ।
सोही अवसरमा बोल्दै प्रधान सम्पादक एवं संचालक बालकृष्ण चापागाईंले हरेक प्रकारका चुनौतिहरुको सामना गर्दै जनसंघर्ष निरन्तर अगाडी बढिरहेको र लोकतान्त्रिक आन्दोलनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको वताउनु भयो ।
पे्रस स्वतन्त्रता र लोकतन्त्रको स्थापनामा यस पत्रिकाले खेलेको महत्वपूर्ण भूमिका बारे चर्चा गर्दै शान्ति मानव अधिकार विकास एवं सामाजिक उत्तरदायित्व जनसंघर्षको मिसन भएको उहाँले वताउनु भयो ।
पूर्व अध्यक्ष थानेश्वर पौडेलले जनसंघर्ष जनताको सुख र दुःखको साथी वन्दै आएको चर्चा गर्दै यसलाई आगामी दिनमा अरु बलियो प्रकाशन संस्थाको रुपमा विकास गर्दै लैजानु पर्ने वताउनु भयो ।
संचालक समितिका सदस्य अनुपमान सैंजुले पाठक वर्गको मन जित्न सफल जनसंघर्षलाई नयाँ ढंगले अघि बढाउन आवश्यक रहेको वताउनु भयो ।
सचालक रतनलाल अग्रवालले जनसंघर्ष्र मोफसलको पत्रकारितामा विश्वसनीय पत्रिकाको रुपमा स्थापित भएको चर्चा गर्दै समयको माग र प्रतिष्पर्धामा यसले आफूलाई अग्रणी भूमिकामा स्थापित गरिरहनु पर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरी साचालक अमित गुप्ताले व्यवसायिक सोंचका आधारमा व्यवस्थापन पक्षलाई ख्याल गरेर पत्रिकालाई अघि बढाउनुपर्ने बताउनुभयो ।
प्रधान सम्पादक एवं साचालक बालकृण चापागाइर्ंको अध्यक्षता र कार्यकारी सम्पादक छवि पाण्डेको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
शनिवार साँझ दीप प्रज्ज्वलन गरी शुभारम्भ गरिएको वार्षिकोत्सव एक महिनासम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरी मनाइने छ ।