यु-१९ एसीसी क्रिकेट कपमा भारतसँग नेपाल ८१ रनले पाराजित

काठमाडौ  – यु-१९ एसीसी क्रिकेट कपमा नेपाल समूह चरणबाट बाहिरिएको छ । मलेशियामा जारी खेलमा मंगलबार भारतसँग खेलेको नेपाल ८१ रनले पाराजित भएपछि बाहिरिएको हो ।


भारतलेद्वारा नेपाललाई १ सय ७७ रनको चुनैती दिएको थियो ।  जवाफी ब्याटिङ्गमा उत्रेको नेपालले २७. ३ ओभरमा ९१ रनमा सीमित भएपछि नेपाल समूह चरणबाट बाहिरियो ।


नेपाललाई सस्तैमा समेटन भारतका विकास मिश्रले ४ विकेट लिएका थिए । यस्तै सन्दीप शर्मा, मोहसिन सायद र हरमित सिंहले क्रमश २-२ विकेट लिए ।


बाबा अपराजितले सर्वाधिक ५५ रन वनाए । उन्मुक्त चन्दले ४७ तथा एडी नाथ र हरमित सिंहले १३-१३ रन जोडे । यस्तै एसभी सामसन र एसके पटेलले समान ९-९, मिश्रले ६ , एसएस डासले ५ रन जोडे । त्यस्तै सन्दीप शर्मा र भीएच जोलले एक-एक रन लिए ।


वर्षका कारण नेपालका खेलाडीहरुले खुलेर व्याटिङ गर्न सकेनन् । नेपालका लागि भुवन कार्कीले सर्वाधिक २४ रन लिए । राजेश पुलामी मगरले १७, राहुल विश्वकर्मा १२, सुवाश खकुरेल ९ रनमा आउट भए । भारतका मिश्र म्यान अफ दी म्याच भए ।  भारतले ४५.२ ओभरमा रनआउट भएको हो ।


भारतसँगको खेलमा नेपालले भारतको २९ बल बाँकी हुँदै सबै विकेट झारेको थियो  । विकेट झार्नेमा  नेपालका भुवन कार्की र राहुल विश्वकर्माले समान ३-३ विकेट लिए । यस्तै सगार पुनले २, अविनास कर्ण र पृथु बाँसकोटाले क्रमश १-१ विकेट लिए । RSS