
काठमाडौं । अन्नपूर्ण स्पाइकर्स किंगले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई तीन सेटको सोझो सेटमा पराजित गरेको हो । अन्नपूर्णले कर्णालीलाई पहिलो सेट २५-१५ ले जितेको थियो भने दोस्रो सेट २५-२० ले जितेको थियो । त्यस्तै तेस्रो सेटमा २५-१८ ले जितेको हो ।


केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको थियो । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।





