१९ असार, काठमाण्डौ – मृत्युदण्डको फैसला पाएर दुबईस्थित जेलमा कारावास सजाय बेहोरिरहेका अमरबहादुर बमको जीवन रक्षाको आग्रह गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले युएई सरकारलाई पत्र लेख्नुभएको छ । दार्चुला धारी गाविसका अमर बहादुर बम लाई एक भारतीय नागरिकको हत्या मा संलग्न भएको भन्दै सन २००३ मा मृत्युदन्ड सुनाइएको थियो ।
प्रधानमन्त्रीले लेखेको पत्र परराष्ट्र मन्त्रालयले युएई सरकारलाई पठाएको जनाइएको छ ।
प्रधानमन्त्रीले अमरबहादुरलाई आममाफी दिलाउन आग्रह गर्दै युएई सरकारलाई पत्र लेख्नुभएको छ