कतारमा बस्ने नेपालीले फोन गरे बपत दैनिक एक जनालाई १ लाख २० हजार पुरस्कार

अन्लाईन संचारमाध्यमहरुमा प्रकासित समाचार अनुसार  कतारका नेपालीले क्युटेलबाट नेपाल टेलिकमको नेटवर्कमा फोन गर्दा गोलाप्रथाबाट दैनिक एक जनाले १ लाख २० हजार रुपैयाँसम्म उपहार जित्ने भएका छन् ।

 

गत शुक्रबारदेखि टेलिकमले उक्त सेवा सुरु गरेको हो ।

 

‘नेपाल फोन गर्नेबाट लक्की ड्र मार्फत प्रत्येक दिन एक जनालाई ५ हजार रियाल (करिब १ लाख २० हजार रुपैयाँ) प्रदान गरिने छ,’ टेलिकमले विज्ञप्तिमा भनेको छ, ‘बम्पर पुरस्कारका रूपमा अन्तमा ५० हजार रियाल (१२ लाख रुपैयाँ) बराबरको उपहार एक जनालाई दिइने छ ।’

 

कम्पनीले यो योजना असार ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । ‘यस अवधिमा क्युटेलबाट नेपाल टेलिकमको कुनै पनि नम्बरमा कल गर्दा प्रत्येक कलमा ग्राहकले एउटा भाग्यशाली नम्बर पाउने छ,’ टेलिकमले भनेको छ, ‘त्यही नम्बरबाट लक्की ड्र गरी दैनिक र बम्पर पुरस्कार प्रदान गरिने छ ।’

 

टेलिकमले कतारमा रहेको नेपालीलाई सहुलियत दरमा टेलिफोन सेवा उपलब्ध गराउन र कम्पनीको नम्बरमा कल गराउन आकर्षित गर्न यो योजना ल्याएको जनाएको छ ।

 

समाचार स्रोत: कान्तिपुर / RSS