दोलखा जादै गरेको बसबाट खसेर काटेश्वरमा एक जनाको मृत्यू

काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार राजधानीबाट दोलखा जादै गरेको बसबाट खसेर काटेश्वरमा एक जनाको मृत्यू भएको छ ।

 

साथै सुन्द्रावती ५ दोलखाका १८ वर्षीय अरुण खडकाको दुर्घटनामा मृत्यू भएको महानगरीय ट्राफिक प्रहरी बृत कोटेश्वरका प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिए ।

 

साथै बा २ ख ८८६५ नम्बरको बसबाट खसेपछि टायरले किचेर मृत्यु भएको पोखरेलले जानकारी दिए । गाडी गुडेपछि पानी किनेर र्फकदा ढोकाबाट खसेको उनले बताए ।

 

यसैक्रममा प्रहरीले बस र त्यसका चालक जनकराम पौडेललाई नियन्त्रणमा लिए बानेश्वर प्रहरी बृतमा राखिएको छ ।  

अन्य समाचारहरु