जातिवादको कारण संविधान सभाको अवसान: लेखी

– कृष्ण खनाल

 

बुटवल असार ६ । नेपाल अदिवासी जनजाति जनजाति महासंघका केन्द्रीय अध्यक्ष राज कुमार लेखीले राजनितिक दलहरुमा भएको जातिवादको कारण संविधान सभाको अवसान भएको बताउनुभएको छ । खासगरी संविधानसभामा ठुलो पार्टिको रुपमा स्थापित भएका  दलहरुले राजनितिमा जातिवाद लादेको संविधान सभा विगठनभएको उहाको ठम्म्याई रहेको छ ।


संविधान सभाको विगठन हुनुमा एनेकपा माओवादी नेपाली कांग्रेस तथा एमाल बढि दोषि रहेको भन्दै नेता लेखिले छिट्टै नै अदिवासी जनजातिहरुको नयु राजनितिक  शक्ति गठन हुने समेत बताउनुभयो ।  आफुहरुको नया गठन हुने राजनितिक शक्ति  नेपालका अन्य पार्टिहरु तुलनामा बहुसंख्यक तथा फरक हुने भन्दै उक्त नयु शक्ति कहिले गठनन हुने भन्ने बारेमा खुलाएनन् ।

 
आदिवासी जनजाति जिल्ला संमन्वय समिति रुपन्देहीले शनिवार बुटवलमा गरेको अगुवा कार्यक्रताहरुलाई सम्मबोदन गर्दे लेखिले संघियताको विरोध गर्ने पार्टिहरुलाई गाँउ- गाँउ बाट विलाएर जान धारण राख्नुभयो  । आफुहरुले नयु गठन गर्ने राजनैतिक शक्ति  शसकहरुको विरुद्वमा अभियान सुरु गर्ने  र चुप  लागेर नबस्ने समेत बताउनुभयो । आफुहरुको माग जातिय राज्य नभई  पहिचानको अधारमा राज्यको माग गरेको भन्दै उहाले  संघियताका विरोधीहरुलाई  बढारेर लैजाने चेतावनी समेत दिनुभयो ।


प्रशिक्षणमा अदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष पासाङ्ग शेर्पाले अहिलेको महासंघलाई नया राजनैनितिक शक्तिको रुपमा रुपान्तरण गरेर लैजाने  बताउनुभयो । महासंघका केन्द्रीय  सल्लाहाकार तथा पुर्व सभासद् समेत रहेका शेर्पाले अहिलेको सरकार जातिवादी राज्य सक्ता भएको समेत आरोप लगाउनुभयो ।

अन्य समाचारहरु