– पशुपति श्रेष्ठ
दोहा। गुल्मी सेवा समाज दोहा कतारले आफ्नो नियमित मासिक बैठक सम्पन्न गरेको छ ।
बैठक संस्थाका अध्यक्ष भरत सापकोटा को सभापतित्वमा बसेको थियो । भने बैठकमा संस्थाका अन्य पदाधिकारीहरु लगायत कतारमा विभिन्न कार्यरत गुल्मेली बासिहरुको बाक्लो उपस्थिति रहेको सो बैठक हरेक महिना बस्दै आएको छ।
उक्त बैठकमा शुभ विजया दशमीको अवसर पारेर भाग्यशाली चिट्ठा कार्यक्रम आयोजना गरीने निर्णय गरेको छ ।
त्यस्तै संस्थामा केहि समय देखि रिक्त रहदैँ आएको पदपुर्ति गर्नुका साथै विभिन्न कुरामा छलफल गरिएको समाजका सहसचिव कुमार अविरल पन्थिले जानकारी दिनुभयो।