कक्षा १२ को परीक्षाफल प्रकाशित, ७२‌.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं – प्राप्त सुचना अनुसार उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को आइतबार प्रकाशित परीक्षाफलमा ७२‌.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विज्ञानतर्फको परीक्षामा सामेल भएका ३० हजार दुई सय परीक्षार्थी मध्ये २१ हजार ८ सय ३८ उत्तीर्ण भएका हुन् ।


त्यसैगरी अंशिकतर्फ ४६‌.७९ प्रतिशत उत्तीर्ण भएका छन् । अंशिकतर्फ ५ हजार ५७४ परीक्षार्थी मध्ये २ हजार ६ सय ८ उत्तीर्ण भएको परिषद्का सदस्य सचिव हिमलाल गुरुङले जानकारी दिए ।


गत वैशाख १७ गतेदेखि परीक्षा सञ्चालन भएको थियो ।

अन्य समाचारहरु