मेरो पर्देशको भोगाइ र देखाइ

युवराज पाण्डे 

भगवती, अर्घाखाँची हाल दोहा कतार

 

कतारको भोगाई भनौ कि विदेशको भोगाई भनौ या फेरी प्रदेशको भनौ संवोधन पनि कहाँबाट गर्ने हो।

 

हाम्रो यो अर्थ विहिन जिवनको यो स्वार्थि संसारका स्वार्थि मानिसहरुको विचमा बिवस्ताको पटुकि कम्मरमा बाधि बाटोमा हिडने थोत्रो रिक्सा जस्तै कहिल्है यता त कहिले उता गर्दा पनि हार नमानि यो नमिल्दो उथल पुथल संसारमा एउटा दाहित्वको खोजिमा हिडिरहेको थिए।


म वियोगि बनेर यहि अवधि भरमा मैले पाएका कुराहरु….


हामि नेपालीहरुको व्यथा खै के भनेर संवोधन गरौ कसलाई संवोधन गर्नको लागि कुनै शब्द नै नभएका हामि नेपालीहरु हुन त सबै कुरा हामि आफैले गरेको हो भन्ने मलाई लाग्छ।तर हामि नेपालीलाई नेपालको बढदो बेरोजगारी र भष्ट्रचारी नेताहरुको कारण आज हामि नेपालीहरुले यो जिन्दगि बिताउन बाध्य छौ।

भने अर्को कुरा हामि हाम्रो घरको आर्थिक अवश्थाले र घरमा रहनुभएका आमा बावुको समस्यालाई देख्न नसकि बिहान बेलुकाको छाक टार्नका लागि हामि सानै उमेरमा जिवनको सबै भन्दा महत्वपुर्ण देन शिक्षा एउटा अध्यारो कोठामा थन्काएर विदेशिनुपरेको छ।

यो हाम्रो रहर होईन ठुलो बाध्यता हो तर केहि समयको स्वार्थका लागि हामिहरुले पुरा जिवन नर्कमा डुवाउनु परेको कुरा हामिलाई अवगत नै छ।


साथिहरु त्यो भन्दा पनि अहिले हालमा यो लेख लेख्दा सम्ममा कतारमा आफ्नो जिवनका अंश घटाईरहेको छु। मैले यो बसाईमा धेरै कुराको अवलोकन गरेर हेर्दा हामि नेपाली आफैमा धेरै कमजोरी पाए घरबाट हिडदा खाएका वाचा कसमलाई लिएर बोकेका सपनाहरुलाई बिसाएको ठाउँमा अलपत्र पारेर हामि नेपाली आफैमा हराएका छौ। कसैका लागि बेचिएका छौ आफ्नो लागि हैन अरुका लागि ईमान्दारी बन्छौ किन? आफ्नो लागि पनि ईमान्दारी बन्न किन सिक्दैनौ हामि नेपाली!


साथिहरु हामिहरुमा धेरै कमजोरी छ।


हामि नचाईदो काममा ईमान्दरी देखाउछौ जस्तैः लुमा दारु खाने तास जुवा खेल्ने लगाएत जस्ता कुरामा कतारमा मैले धेरै देखेको छु चेलिहरुले पनि यसमा पुरा सहयोग गरेको पाएको छु। बिहिबारको रातलाई कतारी भाषामा भनिने जुमा रातलाई लुमारात भन्न मन पराउने हामि नेपाली दाजुभाईहरु आए आफ्नो गए साहुको जाला भने जस्तो गरेर खोरखोरे त्यो जुवामा महिनाको तलव लगाउन पछि पर्दैनौ हामिहरु हामि नेपाली आफैमा हराएका छौ। हामि आफैलाई थाहा छैन हाम्रो ईज्जत के हो? भनेर यदि हामि नेपाली हौ भने यदि हामिमा नेपालीको भावना हुन्थियो भने सायद राख्दैन थियौ होला जुवाको अड्डामा नेपालीको झण्डा यदि हामि वास्तवमा नेपाली हौ भने पाकिस्तानि र केरला बङगालिको अघाडि पशु बनि दुई सय रियलमा बिक्नि थिएनौ हामि नेपाली अनि जमिनमा राख्दैन थियौ होला हाम्रो नेपाली झण्डा खै नेपालीको अस्तित्व अझ हामिले नेपालीको सम्मान खोज्दछौ त्यो सम्मान अब बेचि सकेका छौ साथिहरु हामि नेपालीको सम्मान तर किन ? साथि हो किन? नेपाल हाम्रो जन्म थलो प्रवास हाम्रो कर्म थलो हो हामि यहाँ नेपाली झण्डालाई अर्कैको माटोमा डोसाएर जुवा खेल्न आएका हैनौ लुमा पिएर आफ्नो दिन घटाउन आएका हैनौ तलव बुझेर तरुनिलाई दोहा घुमाऊन आएका हैनौः तपाई हाम्रो पनि घर छ।

बुवा आमा,श्रीमति छोराछोरीले तपाई हाम्रो बाटो हेरिरहेका छन्। नेपाल आमाले सम्झिरहेकि छिन ढाका टोपि ईज्जत नफालौ नेपाली गोर्खाली बहादुर हामि केरला ,पाकिस्तानि,सुडानिहरु सँग पशुको रेटमा बिकेर नेपालीको सम्मान नबेचौ.. साथि हो सम्मान नबेचौ !!