काठमाडौंमा पैदल हिडीरहेकी एक महिलाको झोलाबाट १ लाख ५० हजार रुपैयाँ लुट्ने पक्राउ

काठमाडौं – पैदल हिडीरहेकी एक महिलाको झोलाबाट १ लाख ५० हजार रुपैयाँ लुट्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

 

मुलपानी उकालोमा पैदल हिडीरहेकी सुनमाया वाइबाको झोला पैसा लुटेर भाग्ने सिन्धुलीका चन्द्रमान तामाङलाई  स्थानीयबासीको सहयोगमा पक्राउ गरेको हो ।

 

उनीसँगै लुटपाट गर्ने अर्का कान्छा तामाङ फरार छन् ।

 

तामाङको साथबाट प्रहरीले एक लाख ४३ हजार रुपैंया बरामद गरेको छ । – RSS

अन्य समाचारहरु