काग्रेंसका नव मनोनित केन्द्रिय सदस्य रानालाई सम्मान

– उमाकान्त पाण्डे “गाउंले”  
नेपाली कांग्रेसका नव मनोनित केन्द्रीय सदस्य बाबुराम रानालाई आज बुटवलमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ । नेपाली कांग्रेस बुटवल ९ वडा समितिले केन्द्रीय सदस्य रानाको सम्मानमा कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा जिल्ला सभापति अब्दुल रज्जाक , सचिव रामकृष्ण खाँड, महासमिती सदस्य युवराज गिरि, क्षेत्रीय सभापति हरिवहादुर आचार्य क्षेत्री, सचिव काजिमान श्रेष्ठ, जिल्ला सदस्यहरु जनक कोइराला, लक्ष्मण आचार्य क्षेत्री, नगर सभापति खेलराज पाण्डे, महिला संघका क्षेत्रयि सभापति माया गौतम, प्रेस युनियन रुपन्देहीका सभापति भवानी प्रसाद पाण्डे लगयतले केन्द्रीय सदस्य रानालाई अविर लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । 
सो अवसरमा बोल्दै केन्द्रीय सदस्य रानाले नेपाली कांग्रेसले अवलम्बन गरेको लोकतान्त्रीक मुल्य मान्यता र आदर्शमा कहि कतै विचलीत नहने प्रतिबद्धता व्यक्त गर्दै आफू सधै र सबै कार्यकर्ताको नेता बन्ने विश्वास दिलाउनुभयो । 
वडा सभापति कृष्ण गौतमको सभापतित्वमा भएको कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य चिरन्जीवी जोशी, जिल्ला अध्यक्ष चिरन्जीवि पौडेल नेविसंघका सभापति प्रकास राना महाधिवेसन प्रतिनिधि शंकर गहतराज, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरि, वडा नं १३ का सभापति चित्रबहादुर बर्मा, दिनानाथ गिरि लगायतले बोल्दै रानाको सफल कार्यकालको 
शुभकामना  व्यक्त गर्नुभयो । 
कांग्रेस रुपन्देहीका पूर्व सभापति एवं पूर्व सांसद समेत रहनुभएका रानालाई सभापति शुशिल कोइरालाले केहि दिन अघि केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।

अन्य समाचारहरु