– लक्ष्मण खनाल
युएई – गोर्खा सेवा समाज युएई अन्र्तगत रहने गरि गोर्खा सेवा समाज शारजाह क्षेत्र गठन गरिएको छ ।
समाजका केन्द्रिय अध्यक्ष सुरेश ढकाल र जनक गुरुङको उपस्थितिमा शारजाहको सिटिसेन्टर पार्कमा आयोजित एक भेलाले संजय पोखरेल छोप्राक को अध्यक्षतामा ११ सदस्यि कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा प्रकाश वगाले मसेल सचिव फणीन्द्र खड्का मिरकोट सहसचिव थम बहादुर थापा मगर धुवाँकोट कोषाध्यक्ष रामशरण कोइराला खोप्लाङ सह कोषाध्यक्ष राजु तामाङ सौरपानी र सदस्यहरुमा क्रमशः प्रेम गुरुङ देउराली कृष्ण गुरुङ थालाजुङ मिलन गुरुङ वक्राङ पुष्पराज तिवारी गाँखु र रघुनाथ पुडासैनी मसेल रहनुभएको छ ।
कार्यक्रममा बोल्दै नव गठित समितिका अध्यक्ष संजय पोखरेलले समाज सेवाकोबाटोमा अघि बढ्न सबैलाई आग्रह गर्दै प्रवासमा हुने गरेका समस्याहरु सँग जुध्दै समस्या समाधानको बाटोमा नयाँ कार्य समिति अग्रसर हुनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।