– बिष्णु खनाल
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करहरूको प्रलोभनमा परी अमेरिका जान भनी हिँडेका हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेका छन्।
तस्करहरूले मोटो रकम लिई अमेरिका छिराइदिने भन्दै ल्याटिन अमेरिकी देश ब्राजिल, चिली, बोलिभिया, इक्वेडरलगायत देशमामा पुर्याएर छाडिदिएको अलपत्र परेकाहरूले बताएका छन्।
तस्करहरूले मेक्सिकोबाट अमेरिका प्रवेश गराउने भनी प्रतिव्यक्ति १५ देखि २२ लाख रुपैयाँ लिई ल्याटिन अमेरिकी राष्ट्र पुर्याई अलपत्र पारेको उनीहरूले टेलिफोनमा बताए। अमेरिका प्रवेश गराइदिन्छु भन्ने तस्करहरूले छाडी फरार भएपछि आफूहरूको विचल्ली भएको उनीहरूले बताए।